शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

शुक्रबार, २३ जेठ २०८२, ११ : ४७
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने बताएका छन्।
  • देउवाले सत्ता सहयात्री दलहरूसँग यस विषयमा छलफल गर्ने र आलोपालो सहमति अनुसार सरकार बन्ने कुरा उल्लेख गरे।
  • पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन्।

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमतिअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ’, उनले भने ।

त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप