आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आइतबार, २५ जेठ २०८२, ०९ : १३
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • आज चार संसदीय समितिको बैठक बस्दै छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिले रासायनिक मलको व्यवस्थापन, कृषि अनुदान र बजार व्यवस्थापनबारे छलफल गर्नेछ।
  • विधायन व्यवस्थापन समितिले संवैधानिक परिषद् विधेयकमाथि छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निकुञ्जसम्बन्धी प्रतिवेदनको समीक्षा गर्नेछ।
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आफ्नो कार्यक्षेत्रभित्रका विषयमा अभिमुखीकरण, अन्तर्क्रिया र स्थलगत अनुगमनको तयारीबारे छलफल गर्नेछ।

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमूलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैँची अदुवा कफी चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा, रैथाने कृषि बालीको संरक्षण र विकास सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा हुनेछ ।

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप