‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
सारांश
- इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट ५ मा मनोनित फिल्म र फिल्मकर्मीको नाम सार्वजनिक गरियो।
- लन्डनमा १३ सेप्टेम्बरमा हुने अवार्डमा १७ विधामा उत्कृष्ट ५ छनोट गरियो, जसमा गौरी मल्ल संयोजक रहेको जुरीले मनोनयन तयार पारेको हो।
- इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले अवार्डलाई विश्वसनीय बनाइने प्रतिबद्धता जनाएका छन्, जसमा अभिनेत्री शर्मिला मल्ललाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्रदान गरिनेछ।
काठमाडौँ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनित फिल्म र फिल्मकर्मीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाण पत्र समेत प्रदान गरिएको हो ।
१३ सेप्टेम्बरमा लन्डनमा आयोजना हुने अवार्डमा २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका फिल्ममध्येबाट १७ विधामा उत्कृष्ट ५ छनोट गरिएको हो । गौरी मल्ल संयोजक, रमेश बुढाथोकी र रमेश बुढाथोकी सदस्य रहेको जुरीको समूहले मनोनयन तयार पारेको हो ।
निर्णायक मण्डलबाट प्राप्त उत्कृष्ट पाँचको नतिजा निष्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजक मनिष कार्कीले बताए । फिल्मको माध्यमबाट कला, साहित्य, भाषा संस्कृतिको प्रवर्धन गर्दै अवार्डको स्तरलाई विश्वमाझ देखाउन सकिने हिसाबले इन्फाको दोस्रो संस्करण आयोजना गरिएको कार्कीले जानकारी दिए ।
कार्यक्रममा नीर शाह, कृष्ण मल्ल, जितु नेपाल, दीपाश्री निरौला, निता ढुङ्गाना, वर्षा सिवाकोटी, पुष्प खड्का लगायतका फिल्मकर्मीले कार्यक्रम सफलताको शुभकामना दिए ।
१७ विधामा मनोनयन सार्वजनिक गरे पनि २६ विधामा अवार्ड बाँडिने जनाइएको छ । अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने अवार्डलाई विश्वसनीय बनाइने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
जुरी, पपुलर, पर्फमर अफ दि एयर र पब्लिक च्वाइससहित कूल २६ विधामा अवार्ड बाँडिने भएको छ । इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजना, मनु मिडियाको सहकार्य रहेको अवार्ड लन्डनको ग्रिनफोर्ड हलमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण