गुटगत राजनीति गर्दिनँ : पूर्व राष्ट्रपति भण्डारी
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् ।
उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् ।
उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् ।
एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडी देखि नै पार्टीमा काम गरेको र सवैसंग चिनजान रहेकाले आफुलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनको भनाई छ ।
भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटि र त्यसका नेताहरुसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन् ।
त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन् ।
अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको सङ्कट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण