बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

गुटगत राजनीति गर्दिनँ : पूर्व राष्ट्रपति भण्डारी

मङ्गलबार, २७ जेठ २०८२, १५ : १९
मङ्गलबार, २७ जेठ २०८२

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । 

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् । 

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् । 

एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडी देखि नै पार्टीमा काम गरेको र सवैसंग चिनजान रहेकाले आफुलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनको भनाई छ । 

भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटि र त्यसका नेताहरुसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन् । 

त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन् । 

अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको सङ्कट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप