शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहीबार, २९ जेठ २०८२, ०८ : ४५
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । 

बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप