इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
सारांश
- अमेरिकाले इजरायलको इरानमाथिको हमलामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ।
- अमेरिकी विदेशमन्त्रीका अनुसार, इजरायलले आत्मरक्षाका लागि हमला गरेको र अमेरिकाले आफ्ना फौजको सुरक्षालाई प्राथमिकता दिएको छ।
- इजरायलका लागि अमेरिकी राजदूतले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् र जेरुसेमको शान्तिको लागि प्रार्थना गरेका छन्।
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन्।
‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन्।
‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छु: इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने।
यता, इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलले शुक्रबार बिहानै इरानमाथि गरेको हमलापछि स्थिति निगरानीमा राखिएको बताएका छन्।
‘हामी यति बेला जेरुसेलमस्थित अमेरिकी दूतावासमा छौँ र घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ। हामी रातभर यहीँ रहनेछौँ। जेरुसेलमको शान्तिको लागि प्रार्थना गरौँ!,’ हक्काबीले एक्समा पोस्ट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण