छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
शनिबार, ३१ जेठ २०८२, २१ : ५९
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
- काठमाडौँ महानगरपालिका-१६ नयाँ बजार बालाजु पुल नजिकै सडकमा बागमती प्रदेश ०२-०१६ प १४९३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार काठमाडौँ म्हैपी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ रातामाटे घर भएका ८६ वर्षीय राम बहादुर लामाको गए राति मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- जाजरकोट, नलगाड नगरपालिका-७ खगेनकोटस्थित सडकमा दल्लीबाट कायाखेततर्फ जाँदै गरेको भे.१ त ८७११ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बगरा बस्ने १९ वर्षीय विनोद परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरहजहारी रूकुम पश्चिममा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको नेपालगन्ज नर्सिङहोम अस्पतालमा उपचार भइरहेको छ ।
- बागलुङ, ढोरपाटन नगरपालिका-५ बतासेडाँडास्थित सडकमा बुर्तिबाङबाट सही खोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१ च १७७५ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ढोरपाटन नगरपालिका-२ बस्ने ७० वर्षीय नर बहादुर कार्की, ७५ वर्षीया भीम कुमारी बुढा, २१ वर्षीया टिका कुमारी कुँवर र ७५ वर्षीया मन कुमारी थापा रहेका छन् । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका नर बहादुर र भीम कुमारी बुढाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । साथै टिका कुमारीको थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ लैजाने क्रममा बाटोमै शुक्रबार राति मृत्यु भएको हो भने मन कुमारीको मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार मध्ये ३ जनाको मणिपाल अस्पताल पोखरामा र १ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि बीएण्डबी अस्पताल काठमाडौँ र १ जनालाई चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- उदयपुर, बेलका नगरपालिका-९ स्थित सडकमा बुद्ध चोकबाट रामपुरतर्फ आउँदै गरेको प्रदेश १-०५-००१ प १९१३ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बस्ने ४५ वर्षीय नवीन राईको मृत्यु भएको छ ।
- सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ स्थित नहर पुलमा पथरगढाबाट राजविराजतर्फ जाँदै गरेको स.४ प ३३४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक राजविराज नगरपालिका-१० दिघवा बस्ने २० वर्षीय विद्यानन्द सदाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण