आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अपडेट

सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

आइतबार, ०१ असार २०८२, ११ : ४९
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका नेताहरूसँग संसदको अवरोधबारे छलफल गरे।
  • सभामुखले बजेटमाथिको छलफल सुरु गर्नुपर्ने र सदनलाई मर्यादित बनाउन आग्रह गरे।
  • रास्वपा र राप्रपा दुवैले आ-आफ्ना अडान कायम राख्दै अवरोध जारी राख्ने बताए।

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोधबारे आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका छन् । 

रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरेले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए । 

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए । 

सभामुख घिमिरेले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका थिए । सभामुख घिमिरेले अध्यक्ष लिङ्देनसँग टेलिफोनमा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ । घिमिरेले संसद्मा आफ्ना विषयलाई राखेर सदन सुचारु गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप