अपडेट
माओवादीले धोका दियाे, आन्दोलन जारी रहन्छ: रास्वपा
आइतबार, ०१ असार २०८२, १२ : १४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकले माओवादी केन्द्रले दुई बुँदे सहमतिमा धोका दिएको आरोप लगाए।
- भिजिट भिसा र अध्यागमनबारे माओवादीको सहमतिलाई उनले झारो टार्ने काम भने।
- रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग कायमै राखेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ ।
उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ ।
आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
-
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
-
किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड
-
कोशी र बागमतीका मुख्य राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था कस्तो?
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण