मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो

सोमबार, ०२ असार २०८२, १३ : ५७
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • अहमदावादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेको छ।
  • अहमदावादबाट लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटना हुँदा २७० जनाको मृत्यु भयो।
  • सीभीआरमा पाइलटको कुराकानी र ककपिटका आवाजहरू रेकर्ड हुन्छन्, जसले दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्नेछ।

नयाँ दिल्ली । अनुसन्धाताहरूले अहमदावादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर (सीभीआर) फेला पारेका छन् । सीभीआर फेला परेसँगै  दुर्घटनाको कारण पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।

 अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार उडान भरेको केही बेरमै दुर्घटनामा परेको थियो । यस घटनामा २७० जनाको मृत्यु भएको थियो । मृत्यु अधिकांश विमानका यात्रु थिए । केहीको भने विमान दुर्घटना भएको स्थानमा परेर मृत्यु भएको थियो । 

सीभीआरमा पाइलटले गरेको कुराकानी, अलार्म लगायत ककपिटमा गतिविधिको आवाज रेकर्ड हुन्छ ।

 शुक्रबार विमानको फ्लाइट डाटा रेकर्डर पनि भेटिएको थियो । सीभीआर र एफडीआर विमानको ‘ब्ल्याक बक्स’का रूपमा चिनिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप