दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
सोमबार, ०२ असार २०८२, १३ : ५७
सारांश
- अहमदावादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेको छ।
- अहमदावादबाट लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटना हुँदा २७० जनाको मृत्यु भयो।
- सीभीआरमा पाइलटको कुराकानी र ककपिटका आवाजहरू रेकर्ड हुन्छन्, जसले दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्नेछ।
नयाँ दिल्ली । अनुसन्धाताहरूले अहमदावादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर (सीभीआर) फेला पारेका छन् । सीभीआर फेला परेसँगै दुर्घटनाको कारण पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।
अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार उडान भरेको केही बेरमै दुर्घटनामा परेको थियो । यस घटनामा २७० जनाको मृत्यु भएको थियो । मृत्यु अधिकांश विमानका यात्रु थिए । केहीको भने विमान दुर्घटना भएको स्थानमा परेर मृत्यु भएको थियो ।
सीभीआरमा पाइलटले गरेको कुराकानी, अलार्म लगायत ककपिटमा गतिविधिको आवाज रेकर्ड हुन्छ ।
शुक्रबार विमानको फ्लाइट डाटा रेकर्डर पनि भेटिएको थियो । सीभीआर र एफडीआर विमानको ‘ब्ल्याक बक्स’का रूपमा चिनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण