सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा

सोमबार, ०२ असार २०८२, १६ : २५
सोमबार, ०२ असार २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने समेत उनले बताए । 

विदेशीमुद्रा ५ हजार सम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । 

७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउभन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए । 

विकास निर्माणका आयोजना हेर्दा पहुँच र पदका भरमा व्यवस्थापन भएको जस्तो आफूलाई भान भएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप