मलामी गएका किशोरको डुबेर मृत्यु
सोमबार, ०२ असार २०८२, २१ : ५५

समाचार सारांश
- गुराँस गाउँपालिका-४ रिठाका ११ वर्षीय कमल खड्काको रतिखोला घाटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भयो।
- उनलाई प्रहरी र स्थानीयले उद्धार गरी दैलेख अस्पताल पुर्याए, तर चिकित्सकले मृत घोषणा गरे।
- घाँस काट्न गएकी गुराँस गाउँपालिका-४ मैलारीकी ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भयो।
दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो ।
डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।
घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो । किशोर खड्का उनको मलामी घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटनास्थलमा शनिबार बिहान मृत्यु भएको थियो । खड३का उनकै मलामी गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु