बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

मङ्गलबार, ०३ असार २०८२, १४ : ३८
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • जनता समाजवादी पार्टीले भूमि सम्बन्धी विधेयकबारे छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ।
  • पार्टीले सरकारले ल्याएको विधेयक फिर्ता लिन दबाब दिने योजना बनाउने र पार्टीका विभिन्न तहका अधिवेशनबारे समीक्षा गर्नेछ।
  • बैठकमा संघीय लोकतान्त्रिक मोर्चा र समसामयिक विषयमा पनि छलफल हुनेछ।

काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टीको कार्यकारिणी समिति बोलाएको छ । 

असार ६–७ गते बस्ने बैठकमा भूमि सम्बन्धी विधेयको विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वर्तमान सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश जसपा नेपालकै कारण कार्यान्वयनमा आएको थिएन । जसपा नेपालकै कारण सरकारले त्यो सो अध्यादेश फिर्ता लिएको थियो । 

सरकारले अहिले त्यसलाई विधेयकको रूपमा ल्याएर संसदमा पेस गरेको छ । त्यसमा पनि जसपा नेपालले आपत्ति जनाइसकेको छ । विधेयक फिर्ता लिनका लागि सरकारले दबाब दिइरहेको छ । त्यसका लागि थप दबाबमूलक कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ । 

त्यस्तै, जसपा नेपालले पार्टीको विभिन्न तहका समितिहरूको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा अझै अधिवेशन भइरहेको सन्दर्भमा बैठकले समीक्षा गर्नुको साथै आवश्यक निर्देशनहरू दिइने बताइएको छ । 

यस्तै बैठकमा संघीय लोकतान्त्रिक मोर्चा तथा समसामयिक विषयमा पनि छलफल हुने प्रवक्ता सुमनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप