जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
सारांश
- जनता समाजवादी पार्टीले भूमि सम्बन्धी विधेयकबारे छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ।
- पार्टीले सरकारले ल्याएको विधेयक फिर्ता लिन दबाब दिने योजना बनाउने र पार्टीका विभिन्न तहका अधिवेशनबारे समीक्षा गर्नेछ।
- बैठकमा संघीय लोकतान्त्रिक मोर्चा र समसामयिक विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टीको कार्यकारिणी समिति बोलाएको छ ।
असार ६–७ गते बस्ने बैठकमा भूमि सम्बन्धी विधेयको विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वर्तमान सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश जसपा नेपालकै कारण कार्यान्वयनमा आएको थिएन । जसपा नेपालकै कारण सरकारले त्यो सो अध्यादेश फिर्ता लिएको थियो ।
सरकारले अहिले त्यसलाई विधेयकको रूपमा ल्याएर संसदमा पेस गरेको छ । त्यसमा पनि जसपा नेपालले आपत्ति जनाइसकेको छ । विधेयक फिर्ता लिनका लागि सरकारले दबाब दिइरहेको छ । त्यसका लागि थप दबाबमूलक कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ ।
त्यस्तै, जसपा नेपालले पार्टीको विभिन्न तहका समितिहरूको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा अझै अधिवेशन भइरहेको सन्दर्भमा बैठकले समीक्षा गर्नुको साथै आवश्यक निर्देशनहरू दिइने बताइएको छ ।
यस्तै बैठकमा संघीय लोकतान्त्रिक मोर्चा तथा समसामयिक विषयमा पनि छलफल हुने प्रवक्ता सुमनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण