इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प

काठमाडौँ । पछिल्लो समय इजरायल र इरानबिच युद्ध जारी छ । दुवै देशले एक अर्कालाई निशाना बनाउँदै हवाई आक्रमण गरिरहेका छन् । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिरहेको आक्रमणमा इजरायललाई साथ दिनेबारे विचार गरिरहेको बताएका छन् ।
ह्वाइट हाउसको सिचुएशन रुममा मङ्गलवार एक बैठकमा उनले यस्तो बताएका हुन् ।फोर्डोमा रहेको केन्द्र समेतका इरानी परमाणु स्थलमाथिको आक्रमणमा इजरायललाई साथ दिने उनले सोच बनाइरहेको यस मामिलाबारे जानकार पाँच स्रोतले बताएको भन्दै बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले समाचार छापेको छ ।
यस विषयमा सिचुएशन रुममा छलफल हुने अपेक्षा गरिएको छ । उक्त विषयमा पूर्ण सहमति जुटिनसकेको ट्रम्पका निकट सल्लाहकारहरूले बताएका छन् ।
दुई देशबिच युद्ध चर्किँदै जाँदा इजरायली सेनाले इरानको राजधानी तेहरान नजिक रहेका मिसाइल उत्पादन केन्द्रलाई निशाना बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन