इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
काठमाडौँ । पछिल्लो समय इजरायल र इरानबिच युद्ध जारी छ । दुवै देशले एक अर्कालाई निशाना बनाउँदै हवाई आक्रमण गरिरहेका छन् । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिरहेको आक्रमणमा इजरायललाई साथ दिनेबारे विचार गरिरहेको बताएका छन् ।
ह्वाइट हाउसको सिचुएशन रुममा मङ्गलवार एक बैठकमा उनले यस्तो बताएका हुन् ।फोर्डोमा रहेको केन्द्र समेतका इरानी परमाणु स्थलमाथिको आक्रमणमा इजरायललाई साथ दिने उनले सोच बनाइरहेको यस मामिलाबारे जानकार पाँच स्रोतले बताएको भन्दै बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले समाचार छापेको छ ।
यस विषयमा सिचुएशन रुममा छलफल हुने अपेक्षा गरिएको छ । उक्त विषयमा पूर्ण सहमति जुटिनसकेको ट्रम्पका निकट सल्लाहकारहरूले बताएका छन् ।
दुई देशबिच युद्ध चर्किँदै जाँदा इजरायली सेनाले इरानको राजधानी तेहरान नजिक रहेका मिसाइल उत्पादन केन्द्रलाई निशाना बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण