शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी

बिहीबार, ०५ असार २०८२, २१ : ०५
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • आम सुकुम्बासी सङ्घले काठमाडौँ महानगरपालिकालाई दोहोरो चरित्र सच्याउन आग्रह गरेको छ। सङ्घले महानगरको कार्यशैली नसच्याए घेराउ गर्ने चेतावनी दिएको छ।
  • अध्यक्ष कालबहादुर विकले मेयर बालेन शाहलाई विज्ञप्ति मार्फत दोहोरो चरित्र सच्याउन आग्रह गरेका छन्।
  • भूमि समस्या समाधान आयोगको सूचना र महानगरको पछिल्लो पत्रका कारण सुकुम्बासीहरू दुखित बनेका छन्।

काठमाडौँ । आम जनता पार्टी निकटको आम सुकुम्बासी सङ्घले दोहोरो चरित्र सच्याउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै सङ्घले त्यसलाई नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएको छ । 

आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घका अध्यक्ष कालबहादुर विकले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहलाई दोहोरो चरित्र सच्याउन आग्रह गरे। उनले महानगरले दोहोरो चरित्र नसच्याए र सुकुम्बासीको समस्याप्रति खेलबाड गरे त्यसका विरुद्धमा जस्तोसुकै आन्दोलन गर्न आफूहरू तयार रहेको चेतावनी समेत दिए । 

भूमि समस्या समाधान आयोगले लागत सङ्कलन गर्छु भनी जारी भएको ३५ दिने सूचना आधारमा महानगरले पत्र जारी गरेको तर फेरि असार २ गते अर्को पत्र जारी गर्दै मनोमानी गर्न थालेको सङ्घका अध्यक्ष विकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप