आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
सारांश
- आम सुकुम्बासी सङ्घले काठमाडौँ महानगरपालिकालाई दोहोरो चरित्र सच्याउन आग्रह गरेको छ। सङ्घले महानगरको कार्यशैली नसच्याए घेराउ गर्ने चेतावनी दिएको छ।
- अध्यक्ष कालबहादुर विकले मेयर बालेन शाहलाई विज्ञप्ति मार्फत दोहोरो चरित्र सच्याउन आग्रह गरेका छन्।
- भूमि समस्या समाधान आयोगको सूचना र महानगरको पछिल्लो पत्रका कारण सुकुम्बासीहरू दुखित बनेका छन्।
काठमाडौँ । आम जनता पार्टी निकटको आम सुकुम्बासी सङ्घले दोहोरो चरित्र सच्याउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै सङ्घले त्यसलाई नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएको छ ।
आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घका अध्यक्ष कालबहादुर विकले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहलाई दोहोरो चरित्र सच्याउन आग्रह गरे। उनले महानगरले दोहोरो चरित्र नसच्याए र सुकुम्बासीको समस्याप्रति खेलबाड गरे त्यसका विरुद्धमा जस्तोसुकै आन्दोलन गर्न आफूहरू तयार रहेको चेतावनी समेत दिए ।
भूमि समस्या समाधान आयोगले लागत सङ्कलन गर्छु भनी जारी भएको ३५ दिने सूचना आधारमा महानगरले पत्र जारी गरेको तर फेरि असार २ गते अर्को पत्र जारी गर्दै मनोमानी गर्न थालेको सङ्घका अध्यक्ष विकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण