शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

शुक्रबार, ०६ असार २०८२, ०८ : १०
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • प्रतिनिधिसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ।
  • बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिले केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्नेछ।
  • आर्थिक मामिला उपसमितिले सुनचाँदी व्यवसायीहरूसँग करबारे छलफल गर्नेछ।

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् । विधायन व्यवस्थापन समिति र आर्थिक मामिला उपसमितिको बैठक आज बस्ने भएको छ ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप