ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँदा आठ जनाको मृत्यु
काठमाडौँ । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सान्टा क्याटररिना राज्यका गभर्नर जोर्गिन्हो मेलोले दुर्घटनाबारे जानकारी गराएका हुन् । दुर्घटनामा परेको बेलुनमा २१ जना सवार थिए । शनिबार बिहान प्राइया ग्रान्डे सहरमा यो घटना भएको थियो ।
पाइलट समेत अरू १३ जना भने बाँच्न सफल भएको बताइएको छ । हट एयर बेलुन र यसका क्रुको अवस्थाबारे छानबिन गर्न आवश्यक सबै कदम चालिने ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सी (अनाक)ले बताएको छ ।
पाइलटका अनुसार बक्साभित्रबाट आगो बल्न सुरू भएपछि उनले बेलुनलाई तलतिर झार्दै थिए । बेलुन जमिनको निकै नजिक पुग्दा ती पाइलटले मानिसहरूलाई बेलुनबाट हामफाल्न भनेका थिए । सोही अनुसार केहीले हामफाले भने कतिपयले हाम फाल्न सकेनन् ।
त्यति नै बेला आगो दन्किन थाल्यो । तौलको कारण बेलुन फेरि माथितिर गयो । सस्पेन्सन नहुँदा पछि बेलुन भुँइमा खस्यो । मृत्यु हुनेमा दुई दम्पती, एक जना आमा र छोरी, एक जना नेत्र रोग विशेषज्ञ र चर्चित स्केटर भएको बताइएको छ ।
जीवितहरूलाई तत्कालै नजिकको अस्पतालमा लगिएको थियो । बेलुन टूर गराउने कम्पनीको गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण