आमिरको ‘सितारे जमीन पर’ नेपाल रिलिज कहिले ?
मङ्गलबार, १० असार २०८२, १५ : ०७
काठमाडौँ । भारतमा शुक्रबार रिलिज भएको आमिर खान अभिनित फिल्म ‘सितारे जमीन पर’ अब नेपालमा पनि रिलिज हुने भएको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।
फिल्म नेपाल वितरणका लागि महँगो रकम माग गरिएको कारण यसअघि नेपाल भित्रिन सकेको थिएन । एप्पल इन्टरटेनमेन्टसँग भने वितरणको कुरा मिलेको कारण यो नेपाल भित्रिन लागेको बताइएको छ । फिल्म शुक्रबारसम्म नेपालमा पनि प्रदर्शन हुने बताइन्छ । फिल्मले भारतमा भने राम्रो कमाई गरिरहेको छ ।
सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो । फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन् । आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण