सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा पन्तको फिल्म ‘कोशेढुंगा’ एकसाथ ४० देशमा रिलिज हुने

बुधबार, ११ असार २०८२, १० : ५४
बुधबार, ११ असार २०८२

सारांश

  • भदौ १२ गतेदेखि 'कोशेढुंगा' नामक नेपाली फिल्म सार्वजनिक प्रदर्शनमा आउने।
  • सरोज पौडेल निर्देशित यो फिल्म नेपालसहित ४० भन्दा बढी देशहरूमा एकैसाथ रिलिज हुनेछ।
  • सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको फिल्मको छायांकन स्याङ्जा र काठमाडौंमा गरिएको छ।

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कोशेढुंगा’ । यसअघि सर्वाधिक हिट ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलले नै यो फिल्म निर्देशन गरेका हुन् ।

फिल्म नेपालसहित ४० बढी मुलुकमा एकसाथ रिलिज निर्देशक पौडेलले बताए । ‘हाम्रो फिल्म ४० भन्दा धेरै देशमा एकसाथ रिलिज फाइनल भैसकेको छ’, निर्देशक पौडेलले भने– ‘अन्य देशका लागि पनि कुराकानी भइरहेको छ । रिलिज समयसम्म थपिनसक्नेछ ।’

फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।

स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा छायाङ्कन भएको फिल्म मौलिक कथामा बनेको बताइन्छ । फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप