म हराएको होइन, फिल्मको तयारीमा छु : आदर्श मिश्रा
सारांश
- आदर्श मिश्रा, 'कमेडी च्याम्पियन' सिजन १ बाट चर्चामा आएका कमेडियन, हाल फिल्म निर्देशनको तयारीमा छन्।
- मिश्राले सामाजिक सञ्जालमा कम देखिए पनि आफू हराएको नभएको बताउँदै फिल्म निर्देशनमा केन्द्रित भएको बताए।
- आदर्शले फिल्ममा कमेडियनको संघर्ष र आत्म-अभिव्यक्तिको कथा प्रस्तुत गर्ने बताए, जसको लेखनमा उनी विगत ३ महिनादेखि सक्रिय छन्।
काठमाडौंँ । आदर्श मिश्रा ‘कमेडी च्याम्पियन’ सिजन १ बाट चर्चामा आएका कमेडियन हुन् । मौलिक र अर्ग्यानिक कमेडी प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल उनी प्रतियोगितामा ‘उत्कृष्ट पाँच’बाटै बाहिरिएका थिए ।
‘कमेडी च्याम्पियन’ अघि ‘अस्त्र माइक नाइट’, ‘मन्डेज् आर फन्नी’ लगायत स्ट्याण्डअप कमेडीमा सक्रिय उनी पछिल्लो समय ओझेलमा छन् । कतिपयले त उनी ‘कमेडीबाट हराएको’ भन्न थालेका छन् ।
पर्दामा नदेखिँदैमा हराएको भन्न नमिल्ने आदर्श बताउँछन् । कमेडी कार्यक्रमहरू फाट्टफुट्ट गरिरहेको तर त्यसको भिडियो बाहिर नल्याएकाले धेरैलाई आफू हराएजस्तो लागेको हुन सक्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा कम देखिनु आफ्नो रणनीतिक निर्णय भएको आदर्शले बताए । सामाजिक सञ्जालमा क्षणिक भ्युजका लागि सिर्जना सस्तो बनाउन मन नलाग्ने उनले प्रस्ट पारे । ‘हामीले धेरै समय लगाएर एउटा जोक लेखेका हुन्छौँ, तर मान्छेले टिकटक भ्युजका लागि खिचेर अपलोड गरिदिन्छन् । त्यसले हाम्रो सिर्जनाको मूल्य रहँदैन’, उनले भने, ‘आफ्नो जोक बचाउनुपर्छ ।’
हरायो भन्नेहरूलाई उनी सहज जबाफ दिन्छन्– म केही भन्दिनँ, इट्स ओके । हराएको लाग्न पाइन्छ ।
कमेडी जनरामा फिल्म बनाउन लागेका उनले बजारमा चलिरहेका सतही कमेडीभन्दा आफ्नो फिल्म भिन्न हुने दाबी गरे । ‘एउटा कमेडियन, जसलाई देशमा बस्न र आफ्ना कुरा निर्धक्कसँग बोल्न कति गाह्रो हुन्छ, अनि उसले आफ्नो कला प्रस्तुत गर्न कसरी एउटा सुरक्षित ठाउँ खोज्छ भन्ने कथा फिल्मले देखाउनेछ,’ उनले भने ।
आफू कलाकारिता छोडेर टाढा कतै नगएको आदर्शले बताए । ‘बरु सिर्जनात्मकतालाई एउटा नयाँ र फराकिलो क्यानभासमा उतार्ने तयारीमा जुटेको छु’, उनले नयाँ कामको खुलासा गर्दै भने, ‘एउटा फिल्म निर्देशनको तयारीमा छु, जसको लेखन आफैँले गरिरहेको छु ।’
अभिनयमा सानैदेखि रुचि भएका उनले फिल्ममा अभिनय गर्ने कि नगर्ने भन्ने सोच्न बाँकी नै रहेको खुलाए । ‘पहिले फिल्मको स्क्रिप्ट फाइनल गरौँ, त्यसपछि अभिनयको कुरो आउँछ’, उनले भने, ‘अभिनयभन्दा अहिलेको मेरो प्राथमिकता निर्देशन हो ।’
कमेडी जनरामा फिल्म बनाउन लागेका उनले बजारमा चलिरहेका सतही कमेडीभन्दा आफ्नो फिल्म भिन्न हुने दाबी गरे । ‘एउटा कमेडियन, जसलाई देशमा बस्न र आफ्ना कुरा निर्धक्कसँग बोल्न कति गाह्रो हुन्छ, अनि उसले आफ्नो कला प्रस्तुत गर्न कसरी एउटा सुरक्षित ठाउँ खोज्छ भन्ने कथा फिल्मले देखाउनेछ,’ उनले भने ।

कथाले कमेडियनको जीवनको पर्दा पछाडिको संघर्ष, समाजको दृष्टिकोण र आत्मअभिव्यक्तिको खोजी गर्ने उनको भनाइ छ । विगत तीन महिनादेखि उनी यो फिल्म लेखनमा छन् । स्क्रिप्टलाई अन्तिम रूप दिन अझै ६ महिना लाग्ने उनले बताए ।
बाराको महागढीमाई–९ का स्थायी बासिन्दा आदर्शको कमेडी यात्रा ‘अस्त्र माइक नाइट’, ‘मन्डेज् आर फन्नी’ लगायत स्ट्याण्डअप कमेडीबाट सुरु भएको हो । यी मञ्चमा काम गर्दै जाँदा उनले ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा भाग लिने अवसर पाए । हिमेश पन्त विजेता भनेको प्रतियोगितामा आदर्शनले राम्रो चर्चा पाएका थिए ।
कमेडी च्याम्पियनपछि उनले फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका थिए । त्यसपछि उनी फिल्म अभिनयमा आएका छैनन् । ‘फिल्मको कथा र आफ्नो भूमिका चित्त नबुझ्दा फिल्महरू अस्वीकार गरेँ,’ उनले भने । त्यसैले आफैँ कथा लेखेर फिल्म निर्देशन गर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।
‘केपी ओली जसरी बोल्न मलाई रुचि छैन’, उनले भने, ‘यो त हरिवंश सरदेखि मनोज गजुरेल सरसम्म धेरैले गरिसक्नुभएको छ । हामीले त अब केही नयाँ दिनुपर्छ ।’
नेपालमा पछिल्लो समय कमेडियनका लागि धेरै अवसर छन् । ‘कमेडी दरबार’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ लगायत टेलिभिजन शो छन् भने सानोपर्दाका कमेडी सिरियल पनि थुप्रै छन् । युट्युबमै स्ट्याण्डअप कमेडी शो गर्छु भन्दा पनि राम्रो सम्भावना छ ।
यसका बाबजुद फिल्म निर्देशनको जटिल यात्रामा आदर्श किन अघि बढे ? जबाफमा उनले भने, ‘म सानैदेखि फिल्म हेर्थें, अहिलेसम्म धेरै फिल्म हेरियो, अनि नेपालमा फिल्म बनाउन सोचेजस्तो धेरै पैसा लाग्ने होइन रहेछ । गफचाहिँ लास्टै सुनिन्छ, तर यथार्थ अर्काे रहेछ ।’
फिल्म क्षेत्रमा मौलिक लेखकको अभाव खट्किएको महसुस गरेर आफैँले कथा लेखन गरिरहेको आदर्श बताउँछन् ।
नक्कल मन पर्दैन
नेपाली कलाक्षेत्रमा कतिपय कमेडियन अरुको क्यारिकेचर र भद्दा कमेडीको भरमा टिकेका छन् । आदर्शको रुचि यस्तो कमेडी प्रस्तुतिमा छैन । उनी क्यारिकेचर ठिक मान्दैनन् ।

‘केपी ओली जसरी बोल्न मलाई रुचि छैन’, उनले भने, ‘यो त हरिवंश सरदेखि मनोज गजुरेल सरसम्म धेरैले गरिसक्नुभएको छ । हामीले त अब केही नयाँ दिनुपर्छ ।’
अमेरिकी कमेडियन डेभ शपेलबाट प्रभावित उनी उनको जस्तै संघर्ष, कलाप्रतिको इमानदारीबाट मात्र सफलता प्राप्त गर्न सकिने धारणा राख्छन् । नयाँ–नयाँ कुरा पढ्न र लेख्न रुचाउने आदर्श आठ–नौ भाषा बोल्न सक्छन्, जसले आफूलाई विभिन्न संस्कृति र परिवेश बुझ्न सजिलो भएको उनको भनाइ छ ।

कमेडीमा विभिन्न विकृति, विसंगतिमाथि तिखो प्रहार गरिन्छ । त्यसैले यसले समाज सुधार्छ भन्ने गरिन्छ । समाज सुधार्ने काम कमेडियनको मात्रै नभएको बताउँदै आदर्शले व्यङ्ग्यात्मक शैलीमा भने, ‘यदि त्यो जिम्मेवारी कमेडियनलाई दिने हो भने संसदमा १५ वटा सिट छुट्याइदिनुपर्यो । हामी केपी ओलीजस्तै हँसाउन पनि सक्छौँ, आवाज पनि निकाल्न सक्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण