शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहीबार, १२ असार २०८२, ०८ : ०५
बिहीबार, १२ असार २०८२

सारांश

  • आज संघीय संसदका चार वटा संसदीय समितिको बैठक बस्दैछ।
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मनसुनजन्य विपद्बारे छलफल हुनेछ।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुनेछ।

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो । 

बिहान साढे ११ बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने  कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप