आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, १३ असार २०८२, ०८ : २८
सारांश
- आज संघीय संसदका चार वटा संसदीय समितिको बैठक बस्दै छ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे छलफल हुनेछ।
- विधायन व्यवस्थापन समितिले भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्नेछ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।
बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै बिहान साढे ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण