शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

सचिवालय बैठकमा माधव नेपालको अध्यक्ष पद र दलको नेताबारे छलफल

शुक्रबार, १३ असार २०८२, १७ : ४६
शुक्रबार, १३ असार २०८२

सारांश

  • नेकपा (एकीकृत समाजवादी) को बैठकमा माधवकुमार नेपालविरुद्धको मुद्दा र पार्टीको भूमिकाबारे छलफल भयो।
  • बैठकमा नेताहरूले अध्यक्षलाई फसाउन षड्यन्त्र गरिएको र झुटो मुद्दा लगाइएको निष्कर्ष निकालेका थिए।
  • अध्यक्ष नेपाल मुद्दा लागे पनि पदमा रहने र किसानका समस्या समाधान गर्न सरकारसँग माग गरिएको छ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पद र दलको नेता के हुने भन्नेबारे छलफल भएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छैटौँ केन्द्रीय सचिवालय बैठकमा नेताहरूले यसबारे प्रश्न गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । 

‘मुद्दाका सन्दर्भमा वक्ताहरूले आफ्ना कुरा राख्नुभयो । खासगरी पतञ्जली प्रकरणमा पार्टी अध्यक्षलाई फसाउने योजनाले मुद्दा दर्ज गरियो । सबै वक्ताहरूको निष्कर्ष हाम्रो पार्टीमा पहिलेदेखि षड्यन्त्रको शृङ्खलाका रूपमा झुटो मुद्दा लगाएको निष्कर्ष छ’, ज्वालाले भने, ‘यो हाम्रो पार्टी र सादगी हाम्रो पार्टी अध्यक्षलाई मुद्दा लगाउनु षडयन्त्र र योजनाबद्ध छ भन्ने निष्कर्ष छ ।’

ज्वालाले नेपालमाथि मुद्दा लागे पनि अध्यक्षकै हैसियतमा रहने र दलको नेताको हकमा दलको बैठक बसेर निर्णय हुने पनि बताए ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको विश्लेषण, पार्टी कमिटीको अधिवेशनको समीक्षालगायत एजेन्डा तय भएका थिए । तिनै एजेन्डामा छलफल सुरु भएको र भोली पुन बस्ने ज्वालाले जानकारी गराए । 

बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ । जसमा उखु उत्पादक किसानलाई अनुदान बन्द गरेकोमा सरकारलाई उक्त निर्णय फिर्ता गर्न सरकारसँग माग गरेको भने रोपाईंका बेला किसानलाई मल अभाव भएकाले अविलम्ब मल वितरण गर्न माग गरेको छ । 

त्यस्तै अधिक वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपत् पूर्व तयारी गर्न र साधन स्रोतको उचित व्यवस्था गर्न माग पनि गरेको छ ।

nekapa-s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप