राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धि हाम्रो पार्टीको मूल मन्त्र हो- प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासङ्घले आज भक्तपुरमा आयोजित सचिवालय बैठक तथा अन्तर्क्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने योजनाबद्ध प्रयास भएको दाबी गरे ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवर्द्धनमा आफूले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यानकेन्द्रित रहेको उनले बताए ।
जनजीविकासँग प्रत्यक्ष सरोकार भएका ठुला पूर्वाधार परियोजना अघि बढाइएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, 'सरकारको नेतृत्व गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण ‘करिडोर’लगायत परियोजनाको अवधारणा ल्यायौँ । ती आयोजनाले जनताको जीवनस्तरमा ठुला परिवर्तन ल्याएका छन् । रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन अनुभव गरिसकेका छन् । हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौँ, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ ।'
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासङ्घका समूह प्रमुख गङ्गा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण