आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
नारामा आत्मनिर्भरता, व्यवहारमा प्लटिङ (तस्बिरहरू)
धान दिवस

नारामा आत्मनिर्भरता, व्यवहारमा प्लटिङ (तस्बिरहरू)

आइतबार, १५ असार २०८२

काठमाडौँ । आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ। किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । 

धान नेपालको मुख्य खाद्य बाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धान चामल आयातको तथ्याङ्क पनि डरलाग्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धान चामल नेपालमा आयात हुने गरेको तथ्याङ्क छ ।

dhan plating (2)

चालु आर्थिक वर्ष २०८१-८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्‌बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।

dhan plating (3)

काठमाडौँ उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको जमिन अहिले आवासीय क्षेत्रमा परिणत हुँदै गएकाे छ ।

dhan plating (4)

उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ । खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ ।

dhan plating (5)

काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराइको प्रभावले खेती योग्य जमिन बाझो भएका छन् । तस्बिरमा काठमाडौँ उपत्यकामा खेतीयोग्य जमिनमा निर्माण भएका आवास : (तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी)

dhan plating (6)dhan plating (7)dhan plating (8)dhan plating (9)dhan plating (10)dhan plating (11)dhan plating (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया