शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

बुधबार, १८ असार २०८२, ११ : ०१
बुधबार, १८ असार २०८२

काठमाडौँ । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । 

यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस शृङ्खलाको सङ्गीत रवीन्द्र जैनले संयोजन गरेका थिए ।

‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक सङ्ख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको शृङ्खला हो । यस शृङ्खलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।

डिशहोमका ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखी डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ । 

यसै क्रममा डिशहोमको ग्राहकहरूले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टिभीमा हेर्न पाउने डिशहोमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप