रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लामा अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
- केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउने र महाधिवेशन कार्यतालिका अनुसार काम भइरहेको छ।
- बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको छ भने कतिपय स्थानमा पुनः निर्वाचनको निर्देशन दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ । उहाँले सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउनुहुन्छ । महाधिवेशन कार्यतालिका अनुसार नै काम भइराखेका छन्’, रातोपाटीसँग केसीले भने ।
बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्।
सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ।
यसअघि जेठ २६ गतेबाट हुने प्रदेश अधिवेशनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अधिवेशनको समन्वयन, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्न केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो ।
आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण