समितिको बैठकमा रामहरि खतिवडा : धेरै हप्कीदप्की र थर्काइ खानुपर्यो
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारी विधेयक छलफलका क्रममा आफूलाई तानातान गर्दा लोगो नै हराएको बताएका छन् ।
बुधबार समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयकमा आफूले राम्रा व्यवस्था राख्दा हप्कीदप्की र थर्काइ खानुपरेको गुनासो पनि गरे । उनले सामान्य प्रशासन मन्त्री, शिक्षामन्त्री रघुजी पन्त, दिलेन्द्र बडु र आफूबिच विधेयकमा छलफल भइरहेका बेला कुनै उपप्रधानमन्त्रीको फोन आएको पनि बताए ।
‘यो विधेयक मलाई सम्माननीयज्युले आजै पेस गर्नु भन्नुभएको छ, प्रेसर बढी भयो भनेर सामान्य प्रशासन मन्त्रीले भन्नुभयो, रघुजी साँछी हुनुहुन्छ । तर रघुजीले होइन आज नगर्ने भन्नुभयो’, सभापति खतिवडाले भने, ‘यो ३ गतेको कुरा ।’
त्यसपछि अवकाश मात्रै भएको राजीनामा र निजामती कर्मचारी भन्ने ठाउँमा अन्य पनि थपेकोमा मन्त्रीले धन्यवाद दिएको बताए । उनले मन्त्रीले रिपोर्ट नै नपाएको भनेर मन्त्रीले झुट बोलेर अन्तरवार्ता दिएको आरोप लगाए ।
‘समितिलाई खुइल्याउने काममा केही मानिसहरू लागेको हामीलाई थाहा भयो । सबै कर्मचारी गलत छन् भन्ने होइन तर कतिपय कर्मचारी आफै मात्र खाऔँ भन्ने पक्षमा छन्’, खतिवडाले गम्भीर अपराध भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण