५२ संवैधानिक नियुक्ति विवादमा इजलासमा फैसला पढेर सुनाइँदै
काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतको इजलासमा बुधबार फैसला पढेर सुनाइँदैछ । फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीलाई इजलासमै बोलाइएको छ ।
उता प्रधानन्यायाधीशसहित न्यायाधीशहरु फैसला सुनाउनुपूर्व छलफलमा जुटेका छन् । उक्त छलफलपछि केही समयमा इजलासमै फैसला पढेर सुनाइनेछ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी संवैधानिक इजलासमा बिहान ११ बजेदेखि छलफलमा जुटेका थिए ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण