मधेसबाहेक सबै प्रदेशमा वर्षा, सिन्धुपाल्चोकमा धेरै पर्यो पानी
शुक्रबार, २० असार २०८२, १६ : ५७
सारांश
- शुक्रबार दिउँसोबाट मधेसबाहेकका सबै प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी पानी परेको छ भने अन्य जिल्लाहरूमा पनि मध्यम वर्षा भइरहेको छ।
- महाशाखाले पानी परेको ठाउँका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । शुक्रबार अपराह्नबाट मधेस बाहेक सबै प्रदेशका जिल्लाहरूमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै केही समय पानी पर्ने सम्भावना रहेको छ ।
पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोक जिल्लाको गोब्रेमा सबैभन्दा बढी (४३.२ मिलिमिटर) पानी परेको भने सोलुखुम्बु, पर्वत लगायतका जिल्लाहरूमा पनि मध्यम पानी परिरहेको छ । महाशाखाले पानी परेको ठाउँका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण