विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले देशमा राम्रो काम भए पनि भनेजति गर्न नसकेको बताए ।
- उनले विद्यार्थीलाई अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए ।
- थापाले देशमा खतरा छ वा बर्बाद भयो भन्ने कुरामा विश्वास नगर्न आग्रह गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरेका हुन् ।
उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । राम्रो गरेकोमा धन्यवाद दिन र भने जति गर्न नसकेकोमा प्रश्न गर्न उनले आग्रह गरे ।
महामन्त्री थापाले भने– ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुइवटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’
महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण