अर्थ
हिमालयन बैंकले पायो साढे ९२ लाख कित्ता एफपीओ निष्कासन अनुमति
आइतबार, २२ असार २०८२, १८ : ११
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एफपीओ अनुमति पाएको छ । नेपाल धिताेपत्र बोर्डले आइतबार बैंकको ९२ लाख ५० हजार ४०६ कित्ता सेयरलाई प्रतिकित्ता १६९ रुपैयाँको दरले बिक्री गर्न अनुमति दिएको हो ।
यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । उक्त सेयर बिक्रीको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
हिमालयनले गत माघ २८ गते एफपीओका लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले असार ८ गते आवश्यक प्रतिक्रिया पठाएपछि हिमालयले १६ गते यसको जवाफ पठाएको थियो । जवाफको ५ दिनमा बोर्डले एफपीओ अनुमति दिएको हो ।
हिमालयनले केयर रेटिङको बीबीबी (आईएस) रेटिङ पाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण