सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नीताको फिल्म ‘सुख–दुःख’ भारतीय छायाकारले खिच्ने

सोमबार, २३ असार २०८२, १० : ५५
सोमबार, २३ असार २०८२

सारांश

  • कबीर लाल र शाहिद लालले नीता ढुङ्गानाको निर्देशनमा बन्ने नेपाली फिल्म खिच्ने भएका छन्।
  • फिल्म 'सुख-दुःख' को वितरण अधिकार एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले पाएका छन्।
  • फिल्म आगामी वर्ष दसैँको फूलपातीमा प्रदर्शन हुने तयारी छ।

काठमाडौँ । तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्म छायाङ्कन गरेका छायाकार कबीर लाल र शाहिद लालले नेपाली फिल्म खिच्ने भएका छन् । अभिनेत्री नीता ढुङ्गानाले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘सुख–दुःख’ उनीहरूले खिच्ने भएका हुन् ।  

निर्देशक ढुङ्गानाले फिल्म छायाङ्कनको विषयमा आइतबार उनीहरूबिच औपचारिक सम्झौता गरेकी छन् । 

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ । निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइन् ।

फिल्ममा अभिनय रहने कलाकार केही छनोट भए पनि अहिले जानकारी दिइएको छैन ।  ‘सुख–दुःख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ गरेर आफूले बनाउने निर्देशक ढुङ्गाना बताउँछिन् ।

‘नीता फिल्मस्’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका दिन प्रदर्शनमा ल्याइने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप