अपडेट
अदालतमा उपस्थित भइन् टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडी, थुनछेक हुँदै
मङ्गलबार, २४ असार २०८२, ११ : २५
सारांश
- नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी विशेष अदालतमा उपस्थित भएकी छिन्, विलिङ्ग सिस्टम अपग्रेडमा भ्रष्टाचारको आरोप लागेको छ।
- अदालतमा न्यायाधीशको इजलासमा बयान भइरहेको छ, बयानपछि थुनछेक बहस सुरु हुनेछ।
- पहाडी २०८१ भदौमा प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् र उनीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौँ । विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । मंगलबार बिहान पहाडी अदालतमा उपस्थित भएकी हुन् ।
अदालतमा उपस्थित भएसँगै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान हुँदै छ । बयानपछि थुनछेक बहस सुरु हुनेछ ।
तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण