महिला फुटबल टोलीका मुख्य प्रशिक्षकको असन्तुष्टिमा ध्यान दिऔँ : मन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति काठमाडौँले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले राष्ट्रिय महिला फुटबल टोलीले राम्रै खेल प्रदर्शन गरिरहेको भन्दै प्रशिक्षकको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले अन्य देशबाट आएका प्रशिक्षकहरूको असन्तुष्टिलाई सम्बोधन गर्न नसके त्यसले खेल क्षेत्रलाई नै असर गर्ने बताए ।
एन्फाको व्यवस्थापन र व्यवहारबाट प्रशिक्षक वाइल्डले असन्तुष्टि जनाएका थिए । मुलुकको प्रतिकुल अवस्थामा समेत खेलाडीहरू र प्रशिक्षकले खेल क्षेत्रलाई अघि बढाउन खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति, काठमाडौँले असार २६ देखि २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा चौथो बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण