नुहाउने क्रममा बेपत्ता युवककाे शव भेटियाे
मङ्गलबार, २४ असार २०८२, १५ : ४२
उदयपुर । उदयपुरमा नुहाउने क्रममा त्रियुगा नदीमा डुबेर बेपत्ता भएका एक युवककाे शव भेटिएको छ । सोमबार साँझ बेपत्ता भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव मंगलबार दिउँसो भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए ।
इन्स्पेक्टर राईले भने, ‘सशस्त्र प्रहरी बल एक नम्बर बराहा बाहिनी इटहरीका सई लेकजंग कार्की नेतृत्वको गोताखोर टोलीले पानीमुनिबाट शव निकालेको हो ।’
अहिले पोस्टमार्टमका लागि शव नगर अस्पताल बेल्टार ल्याइएको छ। पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण