आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भूमि सम्बन्धी विधेयक संसद्को कार्यसूचीबाट हटाइयोस् : महामन्त्री शर्मा

बुधबार, २५ असार २०८२, ०९ : ०३
बुधबार, २५ असार २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी ऐन संशोधन विधेयकमा सहमति जुटाउनुपर्ने बताए।
  • उनले पर्याप्त गृहकार्य बिना विधेयक अघि बढाउन खोजिएकोमा आपत्ति जनाए, संशोधनको माग गरे।
  • शर्माले सरकारलाई विधेयक 'लटरपटर' नगरी पूर्व सहमति खोज्न र कार्यसूचीबाट हटाउन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका छन् । 

विधेयक आज संसद्मा प्रस्तुत गर्न लागिएकोमा आपत्ति जनाउँदै उनले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका छन् ।  पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा आफ्नो विमति रहेको शर्माले बताए । 

लटरपटर गरेर विधेयक  अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई आग्रह गरेका छन् । यसमा पूर्व सहमति या संसदीय समितिमा छलफल आवश्यक रहेको भन्दै उनले आजलाई कार्यसूचीबाट हटाउन माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप