शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

साहित्यकार क्षेत्रीकाे बिदाइ

बुधबार, २५ असार २०८२, १८ : १७
बुधबार, २५ असार २०८२

काठमाडौँ । नेपाली दूतावास कतारमा कार्यरत प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मानसहित बिदाइ गरिएको छ । 

पदोन्नति भएर नेपाल फर्कन लागेका सुवेदीलाई रमेश भट्ट नेतृत्वको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) लगायत कतारमा स्थापित नेपाली साहित्यिक संस्था अनेसास र नवोदित वाचनालयले बिदाइ गरेका छन् । 

गत साँझ गोर्खाली रेस्टुरेन्टको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नवोदित वाचनालय कतारको संयुक्त आयोजनामा कवि कृष्ण कुमार सुवेदीलाई सम्मान पत्र र दोसल्लाले सम्मान तथा बिदाइ कार्यक्रम गरिएको हो । 

नेपाली  भाषा र साहित्यलाई आफ्नो जिम्मेवारीमा राखी अनवरत  रचना लेखन र कृति प्रकाशनमा तल्लीन क्षेत्रीको केही समय अघिमात्रै पसिनाको क्यानभाष कविता सङ्ग्रह गैरआवासीय नेपाली सङ्घका अध्यक्ष  रमेश भट्टको नेतृत्वमा रहेको एनआरएनए कतारको साहित्य विभागले उहाँको कृति  विमोचन तथा लोकार्पण गरेको थियो । 

नेपाली दूतावासको प्रथम सचिव मात्रै नभई कतारमा रहेका लेखक तथा साहित्यकारहरूको मनको मान्छे भएका क्षेत्रीको बिदाइ झन्डै ६ दर्जन दोहाका  सङ्घसंस्था सहित साहित्यिक संस्था र साहित्यकारहरूले गह्रौँ हृदयले बिदाइ गरेका छन् ।

दोहामा रहेका दर्जनौँ साहित्यकारहरूले क्षेत्रीको बिदाइमा कविता , मुक्तक र गजल वाचन गरेका थिए भने उहाँको सम्मानमा गहभरी आँसु पारेर बिदाइ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप