शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एसीसी यु–१६ कपका विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

बिहीबार, २६ असार २०८२, १२ : ०४
बिहीबार, २६ असार २०८२

सारांश

  • लुम्बिनी प्रदेश खेलकुद परिषद्ले यु-१६ क्रिकेट प्रतियोगिता जितेर फर्केका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ।
  • परिषद्ले खेलाडीहरूलाई जनही एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरेको हो।
  • दाङ, कपिलवस्तु र घोराहीका खेलाडी र प्रशिक्षकलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

बुटवल । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । 

आज राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका–५, दाङ निवासी शुभम खनाल, कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पूरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् । 

खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् । सम्मान कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो ।

सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप