बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आषाढ पूर्णिमाको अवसरमा प्रार्थना समारोह आयोजना

बिहीबार, २६ असार २०८२, १६ : ३२
बिहीबार, २६ असार २०८२

काठमाडौँ । आषाढ पूर्णिमाको पावन अवसरमा नेपालस्थित भारतीय दूतावासले एक प्रार्थना समारोहको आयोजना गरेको छ। 

यस समारोहमा नेपालभरका थेरवाद, महायान र वज्रयान परम्पराका गुम्बाका भिक्षु तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Gve1OlXakAM_Z3b

पवित्र मन्त्र र प्रार्थनाहरूले भगवान बुद्धले सारनाथमा दिएको पहिलो प्रवचनलाई स्मरण गरियो। यस कार्यक्रमले भारत र नेपालबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको दूतावासले जनाएको छ।

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप