बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

शनिबार, २८ असार २०८२, ०८ : २८
शनिबार, २८ असार २०८२

सारांश

  • बैतडीको पाटनमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, जसमा चालक र एक यात्रु छन्।
  • दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई डडेल्धुरा पठाइएको छ।
  • धनगढीबाट गोकुलेश्वर जाँदै गरेको जिप सडकबाट ७० मिटर तल खसेको थियो, दुर्घटनाको कारण खुलेको छैन।

धनगढी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए।

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले बताए।

धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप सडकबाट झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप