काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- काठमाडौं, बैतडी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
- काठमाडौंको नागार्जुनमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भयो, चालकलाई नियन्त्रणमा लिइएको छ।
- बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो भने रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
काठमाडौं । राजधानी काठमाडौँसहित बैतडी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोट रत्न राज्य स्कुल नजिक सडकमा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा.प्र.०१-०२६ च २६०५ नम्बरको गाडीले बा.६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण थापाको गम्भीर घाइते भई बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
बैतडीको पाटन नगरपालिका-६ खिपाली मोडस्थित सडकमा गए राति एउटा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ज १३७२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालक डिलासैनी गाउँपालिका-१ नाङ्ग्रा बस्ने २४ वर्षीय सन्तोष बहादुर राना र जिपमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय किरण बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ।
- रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगर दर्लामीपथस्थित सडकमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्। लु.२४ प ९७२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका देवीनगर बस्ने २० वर्षीय मलदिप मगरको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा निधन भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जनाको चौराहा अस्पतालमा उपचार भइरहेको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण