बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको तारकेश्वरमा चोरी

शनिबार, २८ असार २०८२, १८ : ३२
शनिबार, २८ असार २०८२

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-४ शेषमती, माछापुच्छ्रे चोकमा डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएकी ४५ वर्षीया पार्वती सापकोटाको कोठाबाट शुक्रबार धनमाल चोरी भएको छ।

सापकोटाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ४ लाख ३३ हजार ५ सय २५ रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न हाल फरार व्यक्तिको खोजी कार्य भइरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप