बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र विराट नर्सिङ होममा विशेष छुट

आइतबार, २९ असार २०८२, १० : ३१
आइतबार, २९ असार २०८२

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट दिनेगरी सम्झौता भएको छ । 

विराट मेडिकल कलेजसँग भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५०% छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी/इसीजी, सिटी स्क्यान /एमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू/एनआईसीयू/पिआईसीयूमा ५% छुट पाउन सक्न्ेछन् । 

यस्तै विराट नर्सिङ होमसँग भएको सम्झौताअनुसार बैंकका ग्राहकवर्गहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजी/इसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयू/एनआईसीयू/पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५% छुट र सिटी स्क्यान/एमआरआईमा ७५० सम्म छुट पाउन सक्नेछन् । 

यस विशेष छुट लिनका लागि ग्राहकले इन्भेस्टमेन्टको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप    (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप