शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

मन्त्री गुप्ताको अडियो छानबिन गर्न रास्वपाको माग

आइतबार, २९ असार २०८२, १६ : ५८
आइतबार, २९ असार २०८२

सारांश

  • रास्वपाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरण छानबिनको माग गरेको छ।
  • सांसद सुमना श्रेष्ठले मन्त्री गुप्ताको अडियोमा सेटिङ र कानुन बनाउन खोजेको आरोप लगाएकी छिन्।
  • श्रेष्ठले अडियोमा उल्लेखित व्यक्ति र घटनाबारे प्रश्न गर्दै छानबिनको माग गरेकी हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले छानबिनको माग गरेकी हुन् । 

‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । यसको छानबिनको माग गर्दछौँ ।’ 

उनले सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? कसको ठाउँ हो भनेर प्रश्न गरिन् । ‘अडियोमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खानलाई हो ?  कसको तागत, कस्तो संस्कार के फरक भयो यी सबै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप