सार्वजनिक निकायबाट हुने भुक्तानीलाई विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयको परिपत्र
आइतबार, २९ असार २०८२, १७ : २६
सारांश
- अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायका भुक्तानीलाई विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र गरेको छ।
- परिपत्र आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थानहरूलाई जारी गरिएको हो।
- आव २०८०/८३ को बजेटअनुसार भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्न लागिएको हो।
काठमाडौँ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने सार्वजनिक निकायहरूलाई परिपत्र गरेको छ ।
अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय,नेपाल राष्ट्र बैङ्क,सार्वजनिक संस्थान,बोर्ड,समिति तथा प्रतिष्ठानहरूलाई यस्तो परिपत्र गरेको हो ।
आर्थिक वर्ष २०८/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र अर्थ मन्त्रालयले गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण