शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाका टोलटोलमा प्रहरी

बिहीबार, ०७ असार २०७५, १६ : ०६
बिहीबार, ०७ असार २०७५

त्रिपुराकोट– यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाको टोलटोलमा प्रहरी अभियान शुरु गरिएको छ ।  नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा आज जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, व्यापारी, कर्मचारी सञ्चारकर्मीलगायत सरोकारवालाको उपस्थितिमा बजार परिक्रमा गर्दै सो अभियान शुरुआत गरिएको हो । 

‘गाउँघर टोल सफा राखौँ, लागुपदार्थ सेवन नगरौँ, आपराधिक सूचना प्रहरीलाई दिउँ, नागरिक प्रहरी एक हौँ’ जस्ता दर्जनौँ नाराबाजीसहित बगर बजार परिक्रम गरिएको थियो । 

नागरिकका गुनासा सम्बोधनका साथै स्वच्छ, सभ्य र शान्तिपूर्ण समाज निर्माणका लागि प्रहरी टोलटोलमा पुग्ने त्रिपुराकोट चौकीका प्रहरी नायब निरीक्षक रोमहर्स सिजवालले बताए । 

जनताका सेवामा लाग्न प्रहरी सधैँ तत्पर रहेकाले प्रहरीलाई टाढाको नसोचेर साथीका रुपमा सोच्न पनि उनले आग्रह गरे । 

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष काली चलाउनेले घरेलु मदिरा उत्पादन र बिक्री वितरण न्यूनीकरण गर्ने प्रहरीको अभियान स्वागतयोग्य भएको बताए । 

घरेलु मदिरा उत्पादन ग्रामीण क्षेत्रका अधिकांश महिलाको रोजीरोटीसँग जोडिनुका साथै घरेलु मदिरा बेचेरै बालबच्चाको पढाइ खर्च जुटाउनुपर्ने बाध्यता भएकाले एक्कासी बन्द गर्नुभन्दा पनि बिस्तारै न्यूनीकरण गर्दै लैजानुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप