विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
“विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,” प्रचण्डले भने, “हाम्रो पार्टी, माओवादी केन्द्र, वाईसीएल र जनवर्गीय सङ्गठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन् ।” साथै विपद् प्रतिकार्यमा सहभागी सबैलाई उनले धन्यवाद समेत दिए ।
उनले राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि प्राण उत्सर्ग गर्ने सहिद, बेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धा र सम्मान प्रकट गर्नुभयो। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएको बताउँदै नेपालको हिमाली क्षेत्र जलवायु सङ्कटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।
उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
गत वर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण