प्रचण्डको टिप्पणी : कांग्रेसले स्वर्ग र नर्ककै गोल चक्करको पासोमा आफ्नो जनमतलाई समर्पण गर्यो
सारांश
- प्रचण्डले कांग्रेसको कार्यशैलीको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने आरोप लगाए।
- उनले कांग्रेसको स्वेच्छाचारिता र अहङ्कारी व्यवहारले लोकतन्त्रलाई सङ्कटमा पारेको बताए।
- प्रचण्डले सरकारको रवैयाबाट लोकतन्त्रमा सङ्कट आउने चेतावनी दिए, र गठबन्धनको आलोचना गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साँची बन्न पुगेको आरोप लगाएका छन् । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले कांग्रेसप्रति सङ्केत गर्दै भने, ‘संसद्को सबैभन्दा ठुलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका शृङ्खलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहङ्कार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोल चक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ।’
गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहङ्कारी प्रवृत्तिले लोकतन्त्रलाई सङ्कटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।
सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफूले मिहनेत गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आफूले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भूमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।
‘सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईँहरूको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ,’ उनले भने।
‘गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृत्ति हेरेर मैले त्यतिबेलै भनेको थिएँ, हजारौँ योद्धाहरूको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा सङ्कट चिहानमा मिल्काइएका पात्र र प्रवृत्तिबाट छैन, यदि सङ्कट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ । त्यसैले प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनुहोला भनेर वर्ष दिन अघि नै मैले भनेको थिएँ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन्। अप्राकृतिक रूपमा बन्ने यस्ता गठबन्धनले निरङ्कुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा मैले स्मरण गराएको थिएँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण