अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया
काठमाडौँ । उपन्यासकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’ माथि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको आयोजना कलमका साथी साहित्यिक समूहले गरेको हो । उपन्यास प्रकाशनमा आएको एक वर्ष बितेको सन्दर्भमा पुस्तकको जन्मोत्सव मनाउँदा सो अन्तरक्रियाको आयोजना भएको हो ।
उपन्यासमा स्वैरकल्पना र यथार्थको मिश्रण भेटिने अन्तरक्रियाममा समीक्षक सुधा शर्माले बताइन् । उपन्यासमा जीवनका यावत पक्ष भेटिने पनि उनले उल्लेख गरिन् । उपन्यासमा प्रयुक्त स्वैरकल्पनाले पाठकलाई बेग्लै संसारमा पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा अर्का वक्ता उत्तम ढुंगेलले पनि पाठकीय टिप्पणी राखेका थिए । कोइरालाको औपन्यासिक कृति यथार्थ र कल्पनाको फ्युजन भएको बताउँदै उपन्यास सशक्त भएको उनले उल्लेख गरे । ‘उज्यालो औँसी’माथि शोधकार्य गर्दै गरेकी तारा आचार्यले कृतिले आफूलाई भित्रैसम्म छोएको बताइन् । उज्यालो औँसीमा आफ्नै कथा भेटेकोको उनको भनाइ थियो ।
कोइरालाको उपन्यासमा नवीनता भेटिने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले बताए । यसमा ‘म्याजिक रियालिज्म’ रहेको उनले चर्चा गरे । कृतिमा समाजको जीवन चरित्र अभिव्यक्त भएको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा प्राडा कुमार कोइरालाले उपन्यासको विविध पक्षहरूबारे चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकारहरू गीता रेग्मी, शरद प्रधान, श्रीओम रोदन, भवानी खतिवडा, धीरेन्द्र प्रेमर्षि, भारती न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृतिकार कोइरालाले पनि यस अवसरमा आफ्नो धारणा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण